दोलखा । दोलखा केन्द्रबिन्दु भएर आज भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाए अनुसार आज बिहान ११ बजेर २७ मिनेट जाँदा दोलखा केन्द्र भएर ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो।
यो नयाँ भूकम्प नभएर ०७२ सालको महाभूकम्पको पराकम्प भएको पनि केन्द्रले जनाएको छ। भूकम्पको क्षति भने आएको छैन। यस अघि चैत १४ गते ताप्लेजुङ केन्द्र भएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।
प्रतिक्रिया दिनुहोस्