Ads

मन्त्री बन्दिन भन्ने उपप्रधानमन्त्री खड्काले आज ढाँट्ने दिन यसरी आफैंलाई ढाँटे


काठमाडौं । आज अप्रिल फूल अर्थात ढाँट्ने दिन । हरेक वर्षको अप्रिल १ लाई ढाँट्ने दिनको रुपमा मनाइन्छ । आजको दिन थाहा नपाउनेहरुले भनें कसैको ढटाइमा दुःख पाउने पनि गरेका छन् । नेताहरुका लागि भनें यो दिन सामान्यजस्तै भएको छ किनभने उनीहरु सधैं जनतालाई ढाँटिरहेका नै हुन्छन् । हिजोमात्र उपप्रधानमन्त्री तथा रक्षामन्त्री बनेका नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका पूर्णबहादुर खड्काले केही दिनअघि आफू मन्त्री नबन्ने बताएका थिए ।

उनको यो भनाई आएपछि उनी संसदीय गतिविधिमा बढी केन्द्रित हुने होला र पार्टीको काममा थप सक्रियता देखाउने होला भन्ने अनुमान थियो तर उनले यसो भनेर मन्त्रीका लाथि थप सहानुभूति बटुल्न खोजेका रहेछन् भन्ने प्रष्ट भएको छ । मन्त्रीको लागि स्वाभाविक दाबेदार भए पनि उनले जनताको र पार्टीका नेता तथा कार्यकर्ताको मन जित्न त्यस्तो अभिव्यक्ति दिएको भन्ने बुझिएको छ ।

हिजो विस्तारित मन्त्रिमण्डलमा उनी उपप्रधानमन्त्रीसहित रक्षामन्त्री भएका छन् । पूर्वमन्त्रीसमेत रहेका उनले आज काठमाडौं उपत्यकामा आयोजित एक कार्यक्रममा स्पष्टीकरण दिँदै भनेका छन् ‘म आफ्नो अडानमा प्रष्ट छु, मन्त्री बन्दिन भनेको थिएँ, उपप्रधानमन्त्री बन्दिन भनेको थिइनँ ।’ पत्रकारले यसअघि तपाइले मन्त्री बन्दिन भन्नुभएको थियो नि किन मन्त्री बन्नुभयो रु भन्ने प्रश्नमा उनले यस्तो जवाफ दिएर लाज पचाउने काम गरेका छन् । उनी सुर्खेत १ बाट निर्वाचित सांसद हुन् ।

२०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा उनी तत्कालीन नेकपाका साझा उम्मेदवार ध्रुवकुमार शाहीसँग पराजित भएका थिए भनें यसपटक शाहीलाई नै हराएका हुन् । खड्का कांग्रेस सभापति शेरबहादुर देउवानिकट मानिन्छन् । कांग्रेसमा आन्तरिक विवाद हुँदा पार्टीले पाएको ४ वटा मन्त्रालयमा मन्त्री पठाएको छैन । खड्काले पार्टीको तर्फबाट सरकारको नेतृत्व गरेका छन् । संविधानको धारा ७६ को उपधारा ९ मा मन्त्रिपरिषद् गठनसम्बन्धी व्यवस्था छ ।

संविधानमा संघमा प्रधानमन्त्रीसहित बढीमा २५ सदस्यीय मन्त्रिपरिषद् रहने व्यवस्था गरिएको छ । यसअघिका सरकारले ठूलो आकारको मन्त्रिमण्डल बनाएपछि संविधानमा नै यस्तो व्यवस्था राखिएको हो । संविधानले प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीलाई पनि मन्त्री नै भनेर बुझाउने गर्दछ ।

प्रदेशसभाका सांसदको बढीमा २० प्रतिशतसम्म मन्त्री बनाउन पाइने संवैधानिक व्यवस्था छ । प्रदेशमा पनि राज्यमन्त्री र सहायकमन्त्रीलाई मन्त्री नै भनेर संविधानले व्याख्या गरेको छ । प्रदेशमा रहेका ५ सय ५० सांसदमध्ये बढीमा १ सय १० जना मन्त्री बन्न पाउने छन् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Ads

सम्बन्धित पोष्टहरू