आज श्री शाके १९४५ बि.स.२०७९ चैत्र १९ गते आइतबार । इश्वी सन २०२३ अप्रिल २ तारीख । चैत्र शुक्ल पक्ष द्वादशी तिथी मघा नक्षत्र शूल योग वव करण चन्द्रमा सिंह राशिमा आनन्दादि योगमा मुद्गर योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु वैष्णवहरुको कामदा एकादशीव्रत
मेष – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि हुनेहरुको लागि आज समय मध्यम रहन सक्छ । चन्द्रमाको गोचर राशिबाट पञ्चम रहने भएकाले पढाईमा उचित ध्यान दिंदा विद्यार्थीले राम्रो परिणाम प्राप्त गर्न सक्छन् भने प्रेम तथा पारिवारिक जीवन पनि आज राम्रो रहन सक्छ। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ। आफन्तसँग मनमुटाव हुन सक्छ । शेयर बजारबाट सामान्य लाभ मात्र गर्न सकिनेछ।
बृष – (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) वृष राशि भएकाहरूका लागि आज समय सामान्य छ। चन्द्रमाको गोचर राशिबाट चतुर्थ स्थानमा रहने भएकाले छाती दुख्ने तथा पाचनप्रणालीमा गडबडी आउँन सक्छ। सवारी साधनबाट चोट लाग्न सक्ने सम्भावना रहेकाले प्रयोग गर्दा ध्यान दिनुहोला। प्रेम जीवनमा अविश्वास देखा पर्न सक्छ। प्रतिस्पर्धीहरु हरेक क्षेत्रमा हावी हुँदा समयमा काम सकाउन मुस्किल पर्नेछ ।
मिथुन – (का, कि, कु, घ, ङ, छ, के, को, ह) मिथुन राशि भएकाहरूका लागि आज समय शुभ छ । पहिले गरेको कामबाट राम्रो फाइदा हुन सक्छ। साथीभाई तथा आफन्तको आर्थिक तथा भौतिक सहयोग मिल्न सक्छ। शेयर बजारबाट पनि आज फाइदा लिन सकिने समय रहेको छ। विद्यार्थीले पढाई तथा परिक्षाबाट राम्रो नतिजा हात पार्न सक्ने समय छ।
कर्कट – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कर्कट राशिका लागि आज पनि समय शुभ छ । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा सफलता मिल्नुका साथै परिक्षा उत्तीर्ण गर्न सक्ने समय छ । सानासाना कामबाट प्रशस्त आम्दानी हुने हुनाले व्यवसायमा थप लगानी गर्ने वातावरण बन्नेछ । स्वास्थ्य भने कमजोर रहन सक्छ। शेयर बजारबाट सामान्य लाभ लिन सकिनेछ।
सिंह – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)सिंह राशि भएकाहरुका लागि आजको दिन शुभ रहेको छ । बौद्धिक कार्यमा सहभागी हुने अवसर प्राप्त हुनेछ । व्यवसाय तथा कामको लागि आजको दिन राम्रो रहेको छ। पठनपाठनमा प्रगतिका साथै आजको परिक्षा उत्तीर्ण गर्न सक्ने योग छ। प्रेम तथा पारिवारिक जीवन आज राम्रो रहन सक्छ।
कन्या – (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)कन्या राशि भएकाहरूका लागि आज समय त्यति अनुकूल रहेको छैन। व्यापार व्यावसायमा लगानी अनुसारको नाफा कमाउन कठिन हुन सक्छ । स्वास्थ्य कमजोर रहनुका साथै खर्च पनि बढ्न सक्छ। विद्यार्थीले राम्रो नतिजाको लागि धेरै मेहनत गर्नुपर्ने समय छ। शेयर बजारबाट आज घाटा हुन सक्छ। प्रेम तथा पारिवारिक जीवनमा केहि असमझदारी आउन सक्ने भएकाले ध्यान दिंदा राम्रो हुन्छ।
तुला – (र, रि, रु, रे, रो, ता, ति, तु, ते) तुला राशि भएकाहरूका लागि आज समय शुभ छ । समयमा काम बन्ने हुनाले अन्य क्षेत्रमा लगानी गर्ने वातावरण बन्नेछ । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ भने व्यवसायिक यात्रा हुन सक्छ । अध्ययनको क्षेत्र राम्रो रहनुका साथै परिक्षा उत्तीर्ण गर्ने समय छ ।। शेयर बजारमा आज लगानी गर्दा राम्रो नाफा कमाउन सकिने समय रहेको छ।
वृश्चिक – (तो, ना, नि, नु, ने, नो, या, यि, यु)वृश्चिक राशि भएकाहरूका लागि आज समय राम्रो छ । व्यापार व्यवसाय गर्नेहरुले आज राम्रो सफलता प्राप्त गर्न सक्ने योग छ भने रोकिएका लेनदेनहरु पनि आज मिल्न सक्छ। प्रेम तथा पारिवारिक सम्बन्ध तथा स्वास्थ्य आज राम्रो रहन सक्छ। शेयर बजारबाट पनि नाफा हुन सक्छ।
धनु – (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) धनु राशिका लागि आज पनि समय मध्यम रहन सक्छ । आज कामको कारण यात्रा धेरै गर्नुपर्ने हुन सक्छ। स्वास्थ्यमा केहि कमजोरी देखा पर्न सक्ने भएकाले ध्यान दिनुहोला। आर्थिक तथा व्यवसायिक क्षेत्रबाट सामान्य लाभ लिन सकिन्छ।
मकर – (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) मकर राशि भएकाहरूका लागि आज समय सामान्य रहन सक्छ । मेहनत अनुसारको परिणाम नमिल्नाले मन खिन्न रहन सक्छ। अनावश्यक तथा विना प्रयोजनको यात्रा गर्नुपर्ने हुन सक्छ। स्वास्थ्यमा पेट तथा टाउको दुख्ने समस्या हुन सक्छ। पढाईमा उचित ध्यान दिन नसक्दा परिणाम राम्रो नआउँन सक्ने भएकाले ध्यान दिनुहोला।
कुम्भ – (गु, गे, गो, सा, सि, सु, से, सो, द) कुम्भ राशि हुनेहरुको लागि आज दिन शुभ रहेको छ। आज सुरु गरिएका कामबाट सोचेजस्तो आम्दानी हुन सक्छ । नयाँ काम पाइने तथा नोकरीमा सुगम स्थानमा स्थानान्तरणको सम्भावना छ । राजनीति तथा समाजसेवामा राम्रो पद प्राप्तिको योग रहेकोछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिएको छ ।
मीन – (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)मीन राशि भएकाहरूका लागि आज समय शुभ रहेको छ । नयाँ कामको सुरुवात तथा नयाँ लगानीको लागि आज समय राम्रो रहन सक्छ। अध्ययन अध्यापनमा आज उचित समय दिन सकिनेछ र त्यसबाट राम्रो परिणाम आउनेछ। प्रेम तथा पारिवारिक जीवनमा रहेका समस्याहरु समाधान हुनेछन्।
प्रतिक्रिया दिनुहोस्