काठमाडौं । इंग्लिस प्रिमियर लिगमा चेल्सी र लिभरपुलले गोलरहित बराबरी खेलेका छन् । गोलरहित बराबरी खेलेर चेल्सी र लिभरपुलले लिगमा एक अर्कमा अंक बाँडेका हुन् ।
स्टामफोर्ड ब्रिजमा मंगलबार राति प्रतिस्पर्धात्मक खेल भए पनि दुवै टोलीले गोलका लागि अवसर पाएपनि सदुपयोग गर्न सकेनन । अन्ततः खेल खेल बराबरीमा टुंगियो ।
यद्दपी, दोस्रो हाफको ५०औं मिनेटमा काई हाभर्टजले गोल गरेकाे पनि भिएआरबाट मान्यता नपाउँदा चेल्सी १–० काे अग्रता लिनबाट चुक्यो । त्यसपछि दुवै टोलीबाट गोल निस्कन नसक्दा खेल अन्तत बराबरीमा टुंगियो ।
यस बराबरीसँगै लिभपुल २८ खेलबाट ४३ अंक जोडेर आठौं स्थानमा छ भने चेल्सी २९ खेलबाट ३९ अंक जोडेर ११औं स्थानमा यथावत छ ।
प्रतिक्रिया दिनुहोस्