Ads

नेपाल प्रहरीका चार डीआईजी एआईजीमा बढुवा भए


काठमाडौं । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले प्रहरी नेतृत्वसम्बन्धी महत्वपूर्ण निर्णय गरेको छ । बैठकले उच्च प्रहरी अधिकृतको बढुवा गर्ने निर्णय गरेको हो ।

बैठककको निर्णयअनुसार  नेपाल प्रहरीका चार प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी)  बढुवा गरिएको छ।

सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले गरेको सिफारिसअनुसार बढुवाको निर्णय गरेको हो।डीआईजीहरु सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङ एआईजीमा बढुवा भएका हुन्।

Ads

सम्बन्धित पोष्टहरू