काठमाडौं । काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवन अगाडि आत्मदाहको प्रयास भएको छ । संसद भवनको एक नम्बर गेट अगाडि एक जनाले आत्मदाहको प्रयास गरेका छन् ।
पेट्रोल खनाएर आगो लगाउन खोज्दा उनलाई प्रहरीले जोगाएको हो । आत्मदाहको प्रयास गर्ने युवकको पहिचान खुलेको छैन ।
काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले प्रारम्भिक अनुसन्धानका क्रममा पारिवारिक कारणले आत्म दाहको प्रयास गरेको देखिएको बताए ।
यसअघि केही महिनाअघि संसद भवनअघि एक पुरुषले आत्मदाह गरेका थिए । उपचारका क्रममा उनको मृत्यु भएको थियो । प्रहरीका कारण पछिल्लो घटनामा युवकले ट्रली बसको कार्यालय रहेको क्षेत्रतिर बसेर पेट्रोल खन्याएका थिए ।
प्रतिक्रिया दिनुहोस्