Ads

महोत्तरीमा दुर्घटना परी एक युवाको मृत्यु


महोत्तरी । मोटरसाइकल र गाडी एक-आफसमा ठोकिदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बर्दिबास स्थित पुर्व-पश्चिम लोकमार्गमा भएको उक्त दुर्घटनामा  मृत्यु हुनेमा गौशाला नगरपालिका वस्ने ३० बर्षिय मनिष कार्की रहेको प्रहरीले जनाएको छ ।

विपरित दिशावाट आएको प्र.२ ०४-००१ प  १३२७ नम्बरको मोटरसाइकल र प्रदेश.३ ०३-००१ ज ०२९७ नम्बरको विङगर गाडी एक-आफसमा ठोकिएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका मनिष कार्कीको सुभस्वस्तिक अस्पतालमा उपचारमा क्रममा मृत्यु भएको प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए । विङगर गाडी र सर्लाही हरिवन वस्ने गाडी चालक निरज लामालाइ थप अनुसन्धानको लागी प्रहरीले पक्राउ गरेको छ ।

Ads

सम्बन्धित पोष्टहरू