मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाइमा भागबन्डाको समय छ, व्यवसाय र कृषि तर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ । सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ । बिना कारण आफन्तजनबाट टाढिनुपर्नेछ
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । साझेदारी काममा विशेष लाभ मिल्नेछ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । यात्राको पनि योग छ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )तपाईंको कमजोरी माथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला । सामाजिक क्षेत्रमा अग्रसर हुने दिन छ, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । दाम्पत्य जीवन रमाइलो रहनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन् ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) गरिएका कामको उचित प्रतिफल पाइनेछ । कृषि चौपायामा केही समस्या देखिएला । अवसर आएपनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ । मौकाको फाइदा उठाउन नसकिएला । व्यवसायिक काममा खर्च बढ्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) मान्यजनको सुझाव प्रति पनि विश्वास नलाग्ला । होश नपुग्नाले खर्च मात्र हुनेछ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । बाध्यतापूर्ण काममै समय बित्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । नजिकका साथीभाइ टाढिन सक्छन् ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । काममा माता पिताको सहयोग प्राप्त होला । अतिथिको सम्मान गर्ने अवसर पाइएला ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )काममा परिवारजनको सहयोग जुटाउन सक्दा फाइदा होला । पशुधन र जमिनबाट सामान्य लाभ मिल्नेछ । प्रतिष्ठा कमाउने काम गर्ने मौका छ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ । सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान् । भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । स्वास्थ्य कमजोर रहनाले सोचे जति काम गर्न नसकिएला ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )प्रशस्त धन आर्जन गर्ने मौका छ । आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ ज्ञान सिक्ने मौका छ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) पारिवारिक आवश्यकता पूर्ति होला, श्रमको उचित मूल्यांकन हुनेछ । शुभचिन्तकहरूको सुझावलाई वास्ता नगर्दा दुःख पाइनेछ । परिवारजनबाट टाढिनुपर्ला । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नुका साथै समस्या थपिन सक्छन् ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )पठन पाठनमा त्यति समय दिन नसकिएला । खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला । प्रयत्न गर्दा पनि उपलब्धि हासिल गर्न गाह्रो पर्ला । सानातिना काम र घरेलु समस्यामै अल्झनु पर्ने देखिन्छ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )काममा रोकावट र मानसम्मानमा आघात पुग्ने समय छ । रुपैँया पैसा कमाउने बेला छ । सोच्दै नसोचेको काम सम्पादन हुने समय छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । आँटेका काम मुस्किलले बन्नेछन् । खर्च बढाउनुका साथै पैसाको अभावले काम रोकिन सक्छ ।
प्रतिक्रिया दिनुहोस्