Ads

फलेवासका समाजसेवी प्रधानको निधनमा सभामुखद्वारा शोक व्यक्त


पर्वत ।  पर्वतको फलेवासका समाजसेवी एवं नेकपा (एमाले) फलेवासका संस्थापक कुलप्रसाद प्रधानको निधन भएकोमा सभामुख देवराज घिमिरेले शोक व्यक्त गर्नुभएको छ । सभामुख घिमिरेले प्रधानको निधले एक असल समाजसेवी गुमेको समेत उल्लेख गर्नुभएको छ ।

सभामुखले प्रधानको परिवारका नाममा पठाउनुभएको शोक सन्देशमा भन्नुभएको छ, ‘तपाईंहरुका अभिभावकको निधन भएको खबर पाउँदा अत्यन्तै दुःख लागेको छ । एउटा कुशल अभिभावक गुमाउनुपर्दाको पिडाले दुःखमा पर्नुभएका तपाईंहरु लगायत सम्पूर्ण आफन्तजनप्रति गहिरो समवेदना प्रकट गर्दछु ।

’ पूर्वप्रधान पञ्च एवं नेकपा एमाले फलेवासका संस्थापक प्रधानको २०७९ साल चैत २८ गते हृदयघातका कारण निधन भएको थियो । प्रधानका श्रीमती, तीन छोरा र चार छोरी हुनुहुन्छ । प्रधानको निधनप्रति विभिन्न संघ संस्था र राजनीतिक व्यक्तिहरुले शोक व्यक्त गर्नुभएको छ । फलेवासस्थित निवासमै पुगेर दैनिक सयौंले प्रधानलाई श्रद्धाञ्जली अर्पण गरिरहनुभएको छ ।

Ads

सम्बन्धित पोष्टहरू