Ads

ग्लोबल आइएमई बैंकको ५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा


काठमाडौं । ग्लोबल आइएमई बैंकले ५ लाख कित्ता संस्थापक सेयर आजदेखि बिक्री खुला गरेको छ । बैंकको संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न निवेदन दिएपछि सेयर बिक्री खुला गरिएको हो ।

सेयरको न्यूनतम भाउ प्रतिकित्ता १३५ रुपैयाँ तोकिएको छ । यसमा तोकिएको समयमा संस्थापक सेयरधनीबाट आवेदन परेन भने अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले सूचनामा उल्लेख गरेको छ ।

बैंकका अनुसार उक्त सेयर ग्लोबलकै अन्य संस्थापक सेयरधनीहरुले पनि आवेदन दिन सक्नेछन् । यसमा वैशाख ४ गतेदेखि ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी ग्लोबल आइएमई बैंकको रजिष्ट्रर्ड कार्यालय कमलादी काठमाडौंमा निवेदन दिनुपर्ने हुन्छ ।

Ads

सम्बन्धित पोष्टहरू