काठमाडौं । एसियन लाइफ इन्स्याेरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । वैशाख १८ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले आज बुक क्लोज गर्दैछ । जसअनुसार, आजसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश हात पार्न सक्नेछन् ।
कम्पनीले सभामा कुल ८.९४७ प्रतिशत लाभांश वितरण गर्नेछ ।जसअनुसार सभामा गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ८.५० प्रतिशत बोनस सेयर र कर तिर्न ०.४४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।
कम्पनीको अधिकृत पुँजी ५ अर्ब रुपैयाँबाट बढाएर ६ अर्ब रुपैयाँ पुर्याउन प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ । हाल एसियन लाइफको चुक्ता पुँजी २ अर्ब ९० करोड ८१ लाख ११ हजार रुपैयाँ रहेको छ । उक्त पुँजीमा प्रस्तावित ८.५० प्रतिशत बोनस वितरण भएपछि पुँजी ३ अर्ब १५ करोड रुपैयाँ बढी पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्