काठमाडौं । आइतबार हुन लागेको उपनिर्वाचनमा तनहुँको क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका डा. स्वर्णिम वाग्लेका बाबुआमाले चढ्ने गरेको गाडीमाथि आगजनी भएको छ । श्रोतका अनुसार बिहीबार राति पार्किङ गरेर छाडेको कार बिहान तोड्फोड भएको अवस्थामा भेटिएको हो ।
जिल्लाको दमौली बजारमा रहेको मालपोत कार्यालय अगाडिको सन्तोष होटलमा पार्किङ गरेर राखेको अवस्थामा गाडी तोडफोड भएको भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । होटेल अगाडि पार्किङ गरेर राखिएको बा ११ च ४२५० नम्बरको कारको बायाँ भागमा क्षति भएको छ । कारको सिसा तोड्फोड भएको अवस्थामा फेला परेको हो ।
उक्त कार वाग्लेकी आमा दीलकमारी खनालको नाममा रहेको छ । कार कसले र केका लागि तोडफोड गर्यो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्