काठमाडौं । आज इस्लाम धर्मावलम्वीको महान पर्व ‘इदुलफित्र’ मनाइँदैछ । यस पर्वको अवसरमा मुस्लिम समुदायका धर्मालम्बीहरु एक महिना रोजा (ब्रत) बसेर मनाउँदै आएका छन् । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान पृथ्वीमा आएको विश्वास गरिन्छ ।
चन्द्रमा हेरेर एक महिनाको रोजा अर्थात व्रत बसिन्छ । गत मार्च २५ मा चन्द्रमा देखिए पछि सोही शुक्रबारवाट व्रत बस्न सुरू भएको थियो भने हिजो साउदी अरब, मक्का मदिनामा चन्द्रमा देखिए पछि ‘इदुल फित्र’ पर्वकाे तिथी तय भएकाे हाे । साेही अनुसार अाज मनाउन लागिएको हो । जसअनुसार एक महिना अघि अरबिक क्यालेन्डर अनुसार रमाजान महिना सुरु भएको थियाे ।
एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुसलमान समुदायका धर्मालम्बीहरु दिनमा भने निराहार बस्छन् । बिहानको समय ३ः२० मिनेटमा ‘सेहरी’ हलुका खानेकुरा खाएर दिनभर निराहर बस्ने ब्रतालु सूर्यास्त भएपछि ‘एफतार’ मिठो खानेकुरा खाएर रोजा खोल्ने चलन छ ।
रमजानमा अल्लाहको अाशिर्वाद प्राप्त हुने विश्वासका साथ दान दिनु, गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्ने कार्य यो महिनामा गरिन्छ । रमजान महिना मुसलमानका लागि निकै महत्वपूर्ण एवं पवित्र हो र यसमा मुसलमानका पाँच आधार स्तम्भमा हज बाहेक सबै स्तम्भ पूरा हुने गर्दछ । रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्बत् १४४४ हो भने रमजान महिना नवौँ महिना हो ।
प्रतिक्रिया दिनुहोस्