Ads

कर्णाली डेभलपमेन्ट बैंकको वित्तीय सूचक सुधार


काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण कर्णाली डेभलपमेन्ट बैंकले सार्वजनिक गरेको छ । बैंकले यस अवधिसम्ममा १ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएकाे र गत वर्षको बैंकले यही अवधिमा १ करोड ९२ लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।

सञ्चालन नाफा पनि १ करोड ७३ लाख रुपैयाँ पुगेको छ भने गत वर्ष बैंकले सञ्चालन नोक्सानी १ करोड ७३ लाख रुपैयाँ व्यहोर्नु परेको थियो । चैत मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ३ रुपैयाँ ४५ पैसा कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ २० पैसा छ ।

खुद ब्याज आम्दानी पनि १८.५० प्रतिशतले बढेर १० करोड १९ लाख रुपैयाँ कायम भएको बैंकले जनाएको छ । बैंकको इम्पेयरमेन्ट चार्ज पनि गत वर्षको तुलनामा घटेको छ । बैंकले इम्पेयरमेन्ट चार्ज बापत १ करोड ४७ लाख रुपैयाँ छुट्याएको सो रकम गत वर्ष ३ करोड ४९ लाख रुपैयाँ रहेको थियो । यसको वितरणयोग्य नाफा भने २ करोड २३ लाख रुपैयाँ रहेको छ । हाल कर्णालीको ५० करोड २८ लाख ३० हजार रुपैयाँ चुक्ता पुँजी रहेको छ । जगेडा कोषमा ६ करोड ८७ लाख रुपैयाँ जम्मा रहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू