Ads

मिटर ब्याज पीडितलाई १५ दिनभित्र निवेदन दिन जाँचबुझ आयोगको आग्रह


काठमाडौं । मिटर ब्याजसम्बन्धी जाँचबुझ आयोगले पीडितहरूलाई निवेदन दिन आह्वान गरेको छ । बिहीबार आयोगले उपलब्ध भएसम्मका सम्पूर्ण प्रमाणसहित १५ दिनभित्र निवेदन दिन आग्रह गरेको हो ।

निवेदन अनलाइनबाट पनि दिन सकिने तथा सिधै आयोगमा वा निवेदकको जिल्लामा रहेको जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सकिने आयोगले जनाएको छ ।

आयोगले पीडितहरूलाई वैशाख १७ देखि ३१ गते (१५ दिन) भित्र दिइसक्न आग्रह गरेको छ । आयोगका अनुसार प्रत्येक जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याज पीडित सहायता कक्ष स्थापना गरिएको छ । सोही कक्षमा निवेदन फाराम नि:शुल्क उपलब्ध हुनेछ । आयोगले वैशाख १७ गतेदेखि धनुषाको जनकपुरमा कार्यालय सञ्चालनमा ल्याउँदै छ ।

Ads

सम्बन्धित पोष्टहरू