Ads

१२० घण्टासम्म खिचिँदै फाइटरको क्लाइमेक्स


मुम्बई । अभिनेता शाहरुख खान अभिनित फिल्म ‘पठान’को सफलतापछि निर्देशक सिद्धार्थ आनन्द नयाँ फिल्म ‘फाइटर’का कारण चर्चामा छन् । फिल्ममा ऋतिक रोशन, दीपिका पादुकोण र अनिल कपूरको अभिनय छ ।

ठूलो बजेटमा निर्माण भइरहेको यो फिल्मको क्लाइमेक्सलाई उत्कृष्ट बनाउन निर्माण पक्षले कुनै कसर बाँकी राखेका छैनन् । यो फिल्मलाई भारतमा पहिलो एरियल फ्रेञ्चाइजी मानिएको छ । फिल्मको सुटिङ गत वर्ष असम एयरबेसबाट सुरु भएको थियो ।

फिल्म हेर्न आउने दर्शकबाट पैसा असुल फिल्म बनाउन र उनीहरुलाई राम्रो एक्सन दृश्य दिनका लागि सिद्धार्थ र उनको टिम कडा मेहनत गरिरहेका छन् । समाचारअनुसार यसको क्लाइमेक्स दृश्य करिब १२० घण्टासम्म खिचिनेछ ।

फिल्मको क्लाइमेक्स दृश्य २५ मिनेटको हुनेछ । जसका लागि ऋतिक, दीपिका र अनिललाई १२० घण्टासम्म सुटिङ हुने जानकारी दिइसकिएको छ । फिल्मको हाल मुम्बईमा सुटिङ भइरहेको छ । सुटिङ सकिएपछि भीएफएक्स प्रक्रिया सुरु हुनेछ । फिल्म आगामी वर्षको गणतन्त्र दिवसमा रिलिज हुनेछ ।

Ads

सम्बन्धित पोष्टहरू