Ads

लागूऔषधसहित युवती पक्राउ


धनगढी । कैलालीमा प्रहरीले लागूऔषधसहित एक युवतीलाई पक्राउ गरेको छ । लम्कीचुहा नगरपालिका–३ चिसापानी बजारबाट लागूऔषध खैरो हेरोइन १ सय ५० मिलिग्रामसहित सोही ठाउँकी २९ वर्षीया दीपा बिष्ट साँउदलाई प्रहरीले बुधबार राति पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई लागूऔषधसहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू