Ads

जुवातास खेलिरहेको अवस्थामा आठजना पक्राउ


चितवन । भरतपुर महानगरपालिका-१० रेडक्रस चोक बस्ने राम बहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरुङसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७९ हजार ८ सय ३० रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

Ads

सम्बन्धित पोष्टहरू