Ads

वीर अस्पतालको पर्खाल भत्किंदा बिरामी कुर्न बसेका चारजना घाइते


काठमाडौं । काठमाडौंको महांकालस्थित वीर अस्पतालको पुरानो भवनको पर्खाल भत्किएको छ । आइतबार पुरानो भवनस्थित छतको बाहिरपट्टि रहेको इँटाको बार खस्दा त्यहाँ बिरामी कुर्न बसेकाहरु चारजना घाइते भएका छन् ।

लगातार बर्षाको कारण पुरानो इट्टाको पर्खाल भत्किएको अस्पतालले जनाएको छ । सो भवन २०३६ सालमा निर्माण भएको थियो ।

बिरामी कुरुवाघरको जस्ताको छानोमा इँटा खसेर कुरुवालाई लागेको थियो ।

Ads

सम्बन्धित पोष्टहरू