Ads

स्वास्थ्यमा सुधार देखिएपछि स्वदेश फर्किए राष्ट्रपति पौडेल


काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल भारतमा स्वास्थ्योपचारपछि स्वदेश फर्किएका छन्। राष्ट्रपति आइतबार राति नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किएका हुन्।

उनको भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार भएको थियो।

राष्ट्रपति पौडेललाई त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर थप उपचारका लागि गत वैशाख ६ गते श्री एयरलाइन्सको जहाजमार्फत भारत लगिएको थियो। राष्ट्रपति पौडेललाई पेट दुख्ने, छातिमा पानी जम्नेजस्ता समस्या देखिएको थियो।

Ads

सम्बन्धित पोष्टहरू