Ads

नेपाललाई चौथो सफलता, युएईको चौथो विकेट गुम्यो


काठमाडौं । एसीसी प्रिमियर कपको जारी फाइनल खेलमा नेपाल आक्रमक रुपमा उत्रिएको छ । नेपालले यूएईविरुद्ध चौथो विकेट पनि लिन सफल भएको छ । नेपालका ललित राजवंशीले रमिज शहजादलाई आउट गर्र्दै युएईको चौथो विकेट लिएका हुन ।  यसअघि नेपालका लागि करन केसीले दुई तथा सोमपाल कामीले एक विकेट लिएका थिए ।

यससँगै यूएईले ३५ रनमा ४ विकेट गुमाइसकेको छ । कुवेतलाई पछि पार्दै नेपाल फाइनलमा आइपुगेको हो भने ओमानलाई हराएर यूएई नेपालसँग भिडन आईपुगेको हो । नेपाल हालसम्म यो प्रतियोगितामा ११ वटा खेलसम्म अपराजित रहेको छ । आजको विजेताले एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ ।

Ads

सम्बन्धित पोष्टहरू