Ads

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ


कैलाली । धनगढी उपमहानगरपालिका-२ बैयावेहडी बस्ने ३२ वर्षीय भुपेन्द्र चौधरीको कुखुरा फर्ममा जुवातास खेलिरहेको अवस्थामा चौधरी समेत १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार २ सय रूपैयाँ र ५ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

Ads

सम्बन्धित पोष्टहरू