काठमाडौं । लेस्टर सिटी र एभर्टनले बराबरी खेलेर अंक बाडेका छन् । इंग्लिस प्रिमियर लिगमा लेस्टर र एभर्टनले २–२ गोलको बराबरी खेलेर अंक बाडेका हुन् ।
किङ्स पावर स्टेडियम लेस्टरमा सोमबार राति भएको खेलको पहिलो हाफको १५औं मिनेटमा डोमिनिक काल्भर्ट लेविनले गोल गर्दै एभर्टनलाई १–० को सुरुवाती अग्रता दिलाए ।
लेस्टरका काल्भर्ट लेविनले २२औं मिनेटमा गोल फर्काए पछि खेल १–१ गोलको बराबरीको अवस्थामा रहन पुग्यो । तर, जेमी भार्डीले ३३औं मिनेटमा गोल गरेपछि लेस्टर २–१ को अग्रता लिन सफल भयो । र, पहिलो हाफ २–१ को अन्तरमा टुंगियो ।
दोस्रो हाफको ५४औं मिनेटमा एलेक्स इओवीले गोल गर्दै एभर्टनलाई लेस्टरसँग बराबरीको अवस्थामा ल्याईदिए । यस बराबरीसँगै लेस्टर ३४ खेलबाट ३० अंक बटुल्दै १६औं स्थानमा छ भने एभर्टन समान ३४ खेलबाटै २९ अंक बटुल्दै १९औं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्