Ads

मुख्यमन्त्री चौधरीले विश्वासको मत लिन बसेको लुम्बिनी प्रदेशको बैठक स्थगित


दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्रि डिल्लीबहादुर चौधरीले विश्वासको मत लिन बसेको बैठक आधा घन्टाका लागि स्थगित भएको छ ।

लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्ती भएको जानकारी प्रदेशसभा बैठकलाई नगराई विश्वासको मत लिन खोजेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आपत्ति जनाए  पछि बैठक आधा घन्टाका लागि स्थगित हुन पुगेको हो ।

बैठक मंगलबार बिहान ११ बजेदेखि सुरु भएको थियो । प्रतिपक्ष दल एमाले र राप्रपाले आपत्ति जनाए पछि सभामुख तुलाराम घर्तीले आधा घन्टाका लागि स्थगित गरेका हुन ।

Ads

सम्बन्धित पोष्टहरू