Ads

मिसेस युनिभर्समा सन्नीलाई लोयल अवार्ड


काठमाडौं । बेलायतमा बस्दै आएकी ‘मिसेस नेपाल युनिभर्स’ सन्नी शाहीले बुल्गेरियामा सम्पन्न ‘मिसेस युनिभर्स २०२२’मा ‘मिसेस युनिभर्स लोयल २०२२’को उपाधि जितेकी छन् ।

विवाहित महिलाहरुको अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी उनले यो उपाधि जितेकी हुन् । ४० औं संस्करणको ‘मिसेस युनिभर्स २०२२’ मा १ सय २० देशका महिलाहरु प्रतिष्पर्धी थिए ।

बेलायतबाटै उनले ‘मिसेस युनिभर्स २०२२’ सहभागिता जनाएकी थिइन् । हाल काठमाडौंमा रहेकी सन्नीलाई नेपाल राष्ट्रिय खड्गी समाज, भमुलु अजिमा परिवार, शिवम बाँसुरी खलले सम्मान गरेको छ ।

लन्डन फेशन होमले आयोजना गरेको मिसेस नेपाल युनिभर्समा  १७ जनालाई उछिनेर सन्नीले शिर्ष उपाधि जितेकी थिईन् । काठमाडौंको असनमा जन्मिएकी उनी ब्युटी एक्सपर्ट पनि हुन् । उनको लन्डनमा व्युटी सम्बन्धि व्यवसाय छ ।

Ads

सम्बन्धित पोष्टहरू