Ads

दार्चुलामा हिमपहिरो, यार्सागुम्बा टिप्न गएका सर्वसाधारण प्रभावित भएको आशंका


काठमाडौं । दार्चुलाको ब्याँस गाउँपालिका–१ बोलिनमा हिमपहिरो गएको छ ।

मंगलबार दिउँसो २ बजेर ४५ मिनेटमा गएको हिमपहिरोमा परी यार्सागुम्बा टिप्न गएका सर्वसाधारण प्रभावित भएको आशंका गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएपी शैलेन्द्र थापाले जानकारी दिए ।

हिम पहिरो गएको क्षेत्रमा सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङरुबाट डीएसपीको कमाण्डमा ३० जनाको टोली जाँदै गरेको उनले बताए ।

बोलिनमा यार्सागुम्बा टिप्न गएका ८/९ जना त्रिपाल टाँगेर बसेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू