काठमाडौं । झन्डै तीन महिना देखी भोक हडताल गरिरहेका प्यालेस्टाइनका नेता खदिर अदनानको मृत्यु भएको छ ।इजरायली जेलमा रहेको अदनानले भोक हडताल सुरु गरेको ८६ दिनमा उनको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन ।
इजरायली जेलका राजबन्दी अदनान मंगलबार बिहान बेहोस अवस्थामा फेला परे पछि उनलाई अस्पताल पुर्याइएको थियो तर उनको उपचारको क्रममा मृत्यु भएको इजरायली बिदेश मन्त्रालयले जानकारी दिएको छ ।
उनी अदनान ‘इस्लामिक जिहाद’ समूहका वरिष्ठ सदस्य थिए, जुन समूहलाई इजरायलले आतंकवादी संगठन घोषणा गरेको थियाे । इजरायलमा प्यालेस्टाइनी विद्रोही सङ्गठन इस्लामिक जिहादका नेता खादिर अदनानको भोक हडतालको क्रममा मृत्यु भए पछि इजरायलको आलोचना सुरु भएको छ ।
इजरायल जेल सेवाका अनुसार ५ औं भोक हडताल जारी राखेको बखतमा उपचार गराउन प्रयास गरिए पनि उनले अस्वीकार गर्र्दै आएको जनाएको छ । अदनानले सन् २०१२ मा ६६ दिनको भोक हडताल गरेका थिए भने सन् २०१५ मा ५९ दिनको भोक हडताल गरे पछि उनलाई जेल मुक्त गरिएको थियो । पछिल्लो भोक हडताल उनको ५ औ भोक हडताल हो ।
अमानवीय कानुनको विरोधमा अदनानले पटक पटक भोक हडताल गर्नु परेको जनाए पनि ४४ वर्षीय अदनानमाथि आतंकवादी समूहमा लागेको, सर्वसाधारणलाई भड्काएको आरोपमा मुद्दा चलिरहेको थियो
प्रतिक्रिया दिनुहोस्