Ads

दार्चुला हिमपहिरो अपडेट : दुई महिलासहित तीन जनाको शव भेटियो


काठमाडौं । दार्चुलाको ब्यास गाउँपालिका–१, बोलिनमा मंगलबार अपराह्न गएको हिमपहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ ।

मंगलबार २ः४५ बजेतिर गएको हिमपहिरोमा परेर बेपत्ता ६ जनामध्ये ३ जनाको शव भेटिएको दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताइन् । बाँकी दुई जनाको खोजीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालित गरिएको उनको भनाइ छ ।

मृतकमध्ये एक जनाको मात्र सनाखत भएको छ । ‘एक जना जुहु–४ का १८ वर्षीय प्रविण कुँवर हुन्, अरु दुई जना महिलाको पहिचान खुलिसकेको छैन’, जोशीले भनिन् ।

सशस्त्र प्रहरी बलका अनुसार दिउँसोदेखि जम्मा १२ जना बेपत्ता थिए । तीमध्ये ६ जनाको सशस्त्र प्रहरी बलको छाङ्रुस्थित गुल्म नम्बर ५० ले उद्दार गरेको छ । तर, हिमपात जारी रहेका बेला अध्याँरो समेत भएपछि खोजीमा गएको टोली राति फर्किएको थियो । बिहानैबाट फेरि खोजी तथा उद्दार कार्य सुरु भएको थियो ।

सशस्त्र प्रहरीका अनुसार १२ जना नै यार्सागुम्बा खोज्न बोलिनतिर गएका थिए । घटना भएको स्थान सशस्त्र प्रहरीको छाङ्रु गुल्मबाट करिब ५ किलोमिटर दक्षिणतर्फ पर्छ । तर बाटो भिरालो र अफ्ठ्यारो भएकाले घटना भएको स्थान पुग्न साढे ३ घन्टा लाग्ने बताइएको छ ।

Ads

सम्बन्धित पोष्टहरू