काठमाडौं । तनहुँको आँधीलामा ट्रक दुर्घटनामा परेर तीनजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार पृथ्वी राजमार्गको दमौली मुग्लिङ सडक खण्ड अन्तर्गत आँधिखोलास्थित एक घरमा ठोक्किदा ३ जनाको मृत्यु भएको हो ।
आज बिहान ९ बजेर २० मिनेटको समयमा डुम्रेबाट मुग्लिनतर्फ जाँदै गरेको ना ४ ख १९७३ नं।को ट्रक अनियन्त्रित भई सडकको छेउमा रहेको सुनमाया भुजेल र सनबहादुर भुजेलको घरमा ठोक्किएको थियो ।
दुर्घटनामा परी मृत्यु हुनेमा बन्दिपुर गाउँपालिका वडा नं १ बस्ने १२ वर्षीय आयुष भुजेल, ५० वर्षीय चेतबहादुर भुजेल र वर्ष ६९ का सनबहादुर भुजेल रहेका छन् । घाइते भएकाहरू उपचारका लागि भरतपुर लैजाने क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।
दुर्घटना परी वर्ष १० कि जस्मिन भुजेल, वर्ष १० का ईश्वर भुजेल, वर्ष ८का समिर भुजेल र वर्षका सन्तोष भुजेल रहेका छन् । उपाचार भइरहेका ५ जनाको अवस्था गम्भीर रहेको बुझिएको छ । दुर्घटना स्थलको अवस्था अत्यन्त तनावग्रस्त रहेको छ । स्थितिलाई नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्