Ads

बैशाख २१ गते बिहिबार, तपाईको दैनिक राशिफल


मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो) :  समयमा होस नपुग्नाले फजुल खर्च बढ्नेछ। काममा अनायासै व्यवधान देखा पर्न सक्छ। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला । आफ्नै कमजोरीले विवाद निम्त्याउन सक्छ। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुस्ख पाइएला।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो ) :पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरूले साथ दिनेछन्। पहिलेका कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह):  आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला।सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला। स्वास्थ्य उपचारमा खर्च बढ्नेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। शुभचिन्तकहरूले केही आशा जगाउनेछन्।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो): मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा बाधा पुग्न सक्छ।  रमाइलो क्षणमा पनि मन खिन्न रहनेछ। केही अप्ठ्यारा परिस्थिति आउनाले सोचेको लाभ नमिल्न सक्छ। तापनि मिहिनेतले मौका अवश्यै दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि सामान्य लाभ मिल्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे ):निर्णय लिएर पनि काम नगर्ने बानीले पछि परिनेछ। परिस्थितिअनुसार चल्न नसक्ता दुस्ख पाइनेछ। महत्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। विश्वासपात्रबाट धोका पाइने समय छ, सजग रहनुहोला।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :नयाँ काम प्रारम्भ गर्ने समय छ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। ईर्ष्या गर्नेहरूलाई पनि मिहिनेतको पाठ सिकाउन सकिनेछ। स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) :पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। सामाजिक काम गर्ने अवसर मिल्नेछ।  मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसरसमेत प्राप्त हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे ): विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला। आवेशको निर्णयले आँटेको काम बिग्रन सक्छ। व्यर्थैमा वादविवादमा परिने समय रहेकाले गोपनीयतामा ध्यान दिनुहोला। समयको महत्त्वलाई ख्याल गर्नुहोला, मिहिनेतले काम बन्न सक्छ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि ) : व्यापारमा धेरै फाइदा नभए पनि सामान्य लाभ मिल्नेछ। समय राम्रो हुँदैछ । परिस्थिति अनुकूल नै छ । खर्च गर्दा विचार गर्नुपर्नेछ । केही अप्ठ्यारा परिस्थिति आउने सम्भावना छ । सचेत हुनुहोला ।

Ads

सम्बन्धित पोष्टहरू