काठमाडौं । संखुवासभामा आज भएको सिम्रिक एयरको एउटा हेलिकोप्टर दुर्घटनामा दुईजना घाइते भएका छन् । दुर्घटनामा परेको हेलिकोप्टर संखुवासभाको भोटखोला–४ सिप्रुङको जिजिङ्खास्थित बारीको पाटामा क्षतविक्षत अवस्थामा भेटिएको हो ।
उक्त हेलिकोप्टर बिहीबार काठमाडौंबाट संखुवासभा गएर बसेको थियो । आज सामान ओसारपसार गर्ने क्रममा दिउँसो १ बजेदेखि हेलिकोप्टरको सम्पर्क टुटेको थियो ।
त्यहाँ रहेका चालक घाइते भएको बताइए पनि उनीहरको अरु अवस्था खुलेको छैन । तर त्यहाँ नेपाली सेना र स्थानीयहरु पुगिसकेका छन् । हेलिकप्टर पाइलट सुरेन्द्र पौडेलले उडाएका थिए ।
प्रतिक्रिया दिनुहोस्