Ads

कांग्रेसको भातृ संस्था नेविसंघको प्रदर्शन, बालकृष्णलाई पार्टीबाट हटाउन माग


काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरुलाई उन्मुक्ति दिन नहुने भन्दै नेविसंघले काठमाडौंमा प्रदर्शन गरेको छ । काठमाडौंको त्रिचन्द्र क्याम्पसमा नेविसंघको एक समूहले शरणार्थी प्रकरण देशद्रोही काम भएकाले यसमा संलग्नहरुलाई उन्मुक्ति दिन नहुने भन्दै घण्टाघर क्षेत्रमा प्रदर्शनमा गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले भ्रष्टाचारी होसियार, देश बेच्न पाईदैन, टोप बहादुर रायमाझी कता हरायो, सभापतिज्यू बालकृष्ण खाँणलाई कारवाही किन नगरेको लगाएका नारावाजी गरेका थिए ।

उनीहरुले आफ्ना नेताहरु प्रकरणमा संलग्न भएपनि दोषी भए कडा कानूनी कारवाही गर्नुपर्ने जनाएका छन् । त्यस्तै विद्यार्थीहरुले शरणार्थी प्रकरणमा कुनै दवाव बिना अघि बढ्न सरकारलाई सुझाव दिएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू