Ads

प्रतिनिधिसभाको आजकाे बैठकमा प्रधानमन्त्रीले सांसदहरुले सोधेका प्रश्नकाे जवाफ दिने


काठमाडाैं । आज प्रतिनिधिसभाको बैठक बस्दैछ। बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाका सदस्यहरुले सोधेको प्रश्नकाे

जवाफ दिने कार्यक्रम रहेको छ।

साथै, प्रधानमन्त्री प्रचण्डले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धीसहितको आर्थिक बर्ष २०७८/७९ को बार्षिक प्रतिवेदन’ पनि पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।

Ads

सम्बन्धित पोष्टहरू