दाङ । दाङमा भएको सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ। दाङको देउखुरीमा आज बिहान दुई बस एक आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमका अनुसार रोल्पा रुन्टीगढी- ७ निवासी ४३ बर्षीया सोभा परियारको घटनास्थलमै मृत्यु भएको हो। सो दुर्घटनामा दर्जनभन्दा बढी घाइते भएका छन्।
लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र वीरगन्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस लमही नगरपालिका-३ फल्कापुरमा बिहान एक आपसमा ठोक्किएर दुर्घटना भएको हो।
प्रतिक्रिया दिनुहोस्