Ads

आफैँलाई आगो लगाउने महिलाको उपचारको क्रममा मृत्यु


काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका-९ मच्छेगाउँमा आफैँलाई आगो लगाएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ। चन्द्रागिरि नगरपालिका-९, मच्छेगाउँमा डेरागरी बस्ने ३६ वर्षीया शान्ति श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी एसपी सीताराम रिजालका अनुसार उपचारको क्रममा उनको आज बिहान कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको हो।

प्यारालाइसिसले ग्रस्त श्रीमान मोहनकुमारको रेखदेख गर्दै आएकी श्रीमती श्रेष्ठले हिजो दिउँसो आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी थिइन्। जल्दै डेराबाट निस्किएपछि स्थानीयले प्रहरीलाई खबर गरी उपचारका लागि किर्तिपुरस्थित बर्न अस्पतालमा लगिएकाे थियाे। उनकाे उपचारको क्रममा अस्पतालमा निधन भएकाे हाे।

Ads

सम्बन्धित पोष्टहरू