काठमाडौं । यस सिजनमा सगरमाथा आरोहणका क्रममा ११ जनाले ज्यान गुमाएका छन्। सगरमाथा आरोहणका क्रममा ११ जनाको मृत्यु भएको पर्यटन विभागद्वारा गठित अनुगमन समितिका संयोजक खिमलाल गौतमले जानकारी दिए।
शुक्रबार मात्रै एक मलेसियनसहित दुई आरोहीले ज्यान गुमाएसँगै सगरमाथा आरोहणको क्रममा ज्यान गुमाउनेको संख्या ११ पुगेको हो। मलेसियन नागरिक अग अस्कन्दर बिन अम्पुअन याकुबलाई सगरमाथाको चुचुरोभन्दा ५० मिटर तल पुग्दा अचानक
बिरामी परेपछि आधारशिविर ल्याइएको थियो, उनको सोही क्रममा मृत्यु भएको हो। अर्का एक जनाको भने पहिचान खुल्न बाँकी छ।
यस वर्ष सगरमाथा आरोहणका लागि अहिलेसम्मकै सबैभन्दा बढी अर्थात चार सय ६६ जना आरोहीले अनुमति लिएका थिए । ती मध्ये कतिले सफल आरोहण गरे, त्यसको अन्तिम रिर्पोट तयारी गरिँदै गरेको पर्यटन बोर्डले जनाएको छ। यस सिजनमा कामरिता शेर्पाले २७ औंँ पटक सगरमाथा आरोहण गरेर विश्व किर्तिमान बनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्