जनकपुर । सरकारले जानकी मन्दिरलाई विश्व सम्पदामा सूचीमा सुचीकृत गराउने बुँदा आफ्नो नीति तथा कार्यक्रममा राखेपछि जनकपुरमा दीप प्रज्वलन गरिएको छ ।
यस अवसरमा जनकी मन्दिरको प्राङ्गढमा दीप जलाएर सरकारको प्रयासको सराहना गरिएको हो । सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिने बताएका थिए । यसको खुसीयालीमा स्थानीयवासी, नागरिक समाजसहित हिन्दूवादी संघसंस्थाको अग्रसरतामा दीप प्रज्वलन गरिएको हो ।
लामो समयदेखि जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सुचित हुनुपर्ने आवाज जनकपुरमा उठ्दै आएको छ । यसका निमित्त प्रयाससमेत भएको छ । तर अहिलेसम्म यसले सार्थकता पाउन सकेको छैन । दीप प्रज्वलन कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साहसहित नागरिक समाजका अगुवा लगायतको उपस्थिति थियो । उनीहरुले जानकी मन्दिरलाई विश्व सम्पदामा सूचीमा सुचितकृत गराउन सबैले आआफ्नो ठाउँबाट लाग्नुपर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्