काठमाडौं । बझाङमा यार्सागुम्बा टिप्न जाने क्रममा हिमपहिरोमा फसेर हराएका मध्ये दुई महिलाको शव फेला परेको छ । जिल्लाको सुर्मा गाउँपालिका– २ स्थित धानसेरीमा हिमपहिरोमा परेर हराएका मध्ये दुई महिलालाई मृतावस्थामा फेला पारिएको हो ।
मृत फेला परेका महिलाहरुमा सुर्मा गाउँपालिका–३ की ४० वर्षीया रामकोइला बोहरा र जयपृथ्वी नगरपालिका–११ की १८ वर्षीया रमिता धामी रहेका छन्। सुर्मा–३ कै ४० वर्षीय बाबजी बोहरा र जयपृथ्वी नगरपालिका–११ का १४ वर्षीय आकाश धामीलाई घाइते अवस्थामा उद्धार गरिएको छ भने जयपृथ्वी नगरपालिका–११ की १४ वर्षीया जामती धामीलाई फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार घाइतेको उपचार र मृतकको पोस्टमार्टमका लागि फेला पारिएकाहरुलाई जिल्ला अस्पताल चैनपुर ल्याउने काम भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्