Ads

एम्बुलेन्स चालकको परिवारलाई सहयोग


सिमकोट । कर्णाली नदीमा डुबेर बेपत्ता भएका हुम्लाको अदानचुली गाउँपालिकाका एम्बुलेन्स चालक छक्क बुढाको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ ।

अदानचुली गाउँपालिकाका कर्मचारीले बुढाको परिवारलाई आर्थिक सहयोग गरेका हुन् । माछा मार्न जाल हाल्ने क्रममा बिहीबार हुम्ला कर्णालीमा

डुबेर बेपत्ता भएका बुढाको परिवारलाई कर्मचारीले रु ४९ हजार तीन सय सङ्कलन गरेर सहयोग गरेका छन् ।गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाहीका अनुसार सो रकम बुढाकी श्रीमती झलु बुढालाई हस्तान्तरण गरिएको छ । बेपत्ता बुढाका श्रीमती, दुई छोरा र एक छोरी रहेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू