Ads

नक्कली शरणार्थी प्रकरणमा २७ करोड बिगोसहित मुद्धा दर्ता गर्न अनुसन्धान प्रतिवेदन पेश


काठमाडौं । नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा भएको अनुसन्धानको प्रतिवेदन जिल्ला सरकारी वकील कार्यालयमा बुझाएको छ । सोमबार प्रहरीको अनुसन्धान अधिकृतले सरकारी वकील कार्यालयमा पुगेर नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानको प्रतिवेदन बुझाएको हो ।

प्रहरीबाट अनुसन्धान सकेर मुद्धाको फाइल प्राप्त भएको जिल्ला सरकारी वकील कार्यालयका प्रमुख सहन्यायाधिवक्ता अच्यूतमणी नेउपानेले जानकारी दिए । अनुसन्धानमा देखिएको आधार प्रमाण लगाएतका विषयको विश्लेषण गर्ने र ज्येष्ठ १० गतेअघि नै अदालतमा जाने उनले बताए ।

संगठित अपराध, ठगी र राज्यविरुद्धको अपराधमा मुद्दा चलाउन सक्ने अवस्था रहेको र अन्य विषयमा अनुसन्धानपछि निर्णय गरिने नेउपानेले जानकारी दिए ।

शरणार्थी प्रकरणमा प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमा ३२ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरिएको छ भने उनीहरुबाट २७ करोड बिगोसहित जरिबाना गर्नुपर्ने उल्लेख गरिएको छ । उक्त प्रकरणमा प्रहरीले पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपप्रधान तथा उर्जामन्त्री टोप बहादुर रायमाझी, सरकारका सचिव टेकनारायण पाण्डे लगाएत १६ जनालाई पक्राउ गरि अनुसन्धान गरेको थियो ।

Ads

सम्बन्धित पोष्टहरू