काठमाडौँ । नेपाल सरकारले रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका अवसरमा यही जेठ ११ गते बिहीबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज सूचना प्रकाशन गरी भोटो देखाउने जात्राका
अवसरमा बिहीबार काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिइएको जानकारी दिएको हो । ललितपुरमा हरेक वर्ष हुने यस जात्राका क्रममा बिहीबार ललितपुरको जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो देखाइने छ ।
प्रतिक्रिया दिनुहोस्