Ads

१५ दिनपछि तोडियो बिनु यादवको अनसन, सरकारसँग पाँचबुँदे सहमति


काठमाडौं । आफूमाथि अत्याचार गर्नेका विरुद्ध कडा कानुनी कारबाहीको माग राख्दै १५ दिनदेखि काठमाडौंको माइतीघर मण्डलामा अनसन बसिरहेकी बिनु यादवले आफ्नो आन्दोलन स्थगित गरेकी छिन् । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले यादवको माग सम्बोधनका लागि आश्वासन दिएपछि सरकारसँगको चारबुँदे सहमतिमा यादवले बुधबार साँझ अनशन तोडेकी हुन् ।

यादवको मागमध्ये पवन कठायतले जबर्जस्ती करणी उद्योग गरेको मुद्दाको निवेदन कारबाहीका लागि गृह मन्त्रालयले महान्यायाधिवक्ताको कार्यालय पठाउने सहमति भएको छ।

अदातलमा विचाराधीन रहेका विषय अदालतबाट न्यायिक निरुपण हुने, अन्य मागका सम्बन्धमा क्षेत्राधिकार रहेको सम्बन्धित निकायमा लेखी पठाउने, यादवको स्वास्थ्योपचार गर्ने र जीविकोपार्जनका लागि आवश्यक सहयोग गर्न महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा लेखी पठाउने सहमति भएको छ । यादव विगत १५ दिनदेखि विभिन्न पाँचबुँदे मागसहित माइतीघर मण्डलामा अनशन बसेकी थिइन् ।

Ads

सम्बन्धित पोष्टहरू