Ads

जीप दुर्घटनामा तीनको मृत्यु, पाँचजना गम्भीर घाइते


काठमाडौं । रुकुमपश्चिममा आज बिहान यात्रु वाहक जीप दुर्घटना भएको छ । जिल्लाको सानीभेरी गाउँपालिकादेखि रुकुमपश्चिमको खलंगाका लागि छुटेको लु १ ज १७४७ नम्बरको जीप आज बिहान ७ बजे बाँफिकोट गाउँपालिका–८ तोरीधारामा दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय बाँफिकोट रुकुमपश्चिमका अनुसार जिपमा १४ जना सवार रहेका थिए । जिप सडकबाट अन्दाजी ४०० मिटर तल खसेको छ भने दुर्घटनाको कारण खुल्न सकेको छैन ।

प्रहरीलाई खबर प्राप्त भएको र प्रारम्भिक जानकारीअनुसार तीनजनाको मृत्यु भएको छ भने पाँचजनाको अवस्था गम्भीर रहेको छ । जीपमा सवार सबैजना घाइते भएको प्रहरीले जानकारी दिएको छ । हाल स्थानीय तथा प्रहरीले दुर्घटनामा घाइतेहरुको उद्धार गरिरहेको जानकारी प्राप्त भएको छ ।

Ads

सम्बन्धित पोष्टहरू