दार्चुला । खाना पकाउने ग्यास लिकपछि भएको आगलागीमा परी दार्चुलामा एक वृद्धको मृत्यु भएको छ । दार्चुलाको नौगाड गाउँपालिका–३ जामिरका ८० वर्षीय अमरसिंह ठगुन्नाको बुधबार बिहान आगलागीमा परी मृत्यु भएको हो । प्रहरीका अनुसार चिया बनाउने क्रममा ग्यास चुहिएर भएको आगलागीमा जलेर ठगुन्ना घाइते भएका थिए । गम्भीर रुपमा
घाइते बनेका ठगुन्नालाई तत्काल उपचारका लागि लगिएकोमा नेपालगन्जस्थित अस्पतालमा गएराति मृत्यु भएको थियो । घाइते ठगुन्नालाई बुधबार बिहान स्थानीयले स्थानीय गोकुलेश्वर अस्पताल ल्याएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि घाइते ठगुन्नालाई नेपालगन्ज लगिएको थियो ।
प्रतिक्रिया दिनुहोस्