Ads

सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित


काठमाडौं ।  सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको शनिबार बसेको बैठकले आर्थिक वर्ष ८०/८१ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा पेश गरेका थिए । त्यसपछि उक्त नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै छलफल भएको थियो ।

शनिबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा उठेका प्रश्नहरूको जवाफ दिएका थिए । सत्तारुढ दलले दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता लिइएको थियो भने प्रतिपक्षी दलले गराएको संशोधन प्रस्ताव बुहमतले अस्विकृत भएको थियो । राष्ट्रियसभाबाट भने नीति तथा कार्यक्रम ९ जेठमा नै पारित भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक आज १ बजे बस्नेछ ।

Ads

सम्बन्धित पोष्टहरू