काठमाडौँ । आज आइतबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर कायम गरेको छ। बैकंका अनुसार आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
त्यस्तै, आज अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ ८३ पैसा र बिक्री दर १३२ रूपैयाँ ४३ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ५१ पैसा र बिक्री दर १४२ रूपैयाँ १५ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ९७ पैसा र बिक्री दर १६३ रूपैयाँ ७२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १८ पैसा र बिक्री दर ३६ रूपैयाँ ३४ पैसा रहेको छ।
प्रतिक्रिया दिनुहोस्