Ads

अन्तर्राष्ट्रिय महिला भलिबलमा नेपाल तेस्रो


काठमाडौं । नेपालले उज्वेकिस्तानलाई पराजित गर्दै एनएससी काभा ९सेन्ट्रल एसियन भलिबल एसोसिएसन० महिला भलिबल च्यालेन्ज कपमा तेस्रो स्थान हासिल गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा आज तेस्रो स्थानका लागि भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो भएको हो ।
खेलमा पहिलो सेट गुमाएको नेपालले त्यसपछिको लगातार तीन सेट आफ्नो पक्षमा पार्दै जित निकाल्यो । हारसँगै उज्वेकिस्तान भने चौथो स्थानमा रह्यो । त्यसैगरी प्रतियोगितामा श्रीलङ्का पाँचौँ, कीर्गिस्तान छैटौं, माल्दिभ्स सातौँ र बङ्गलादेश आठौँ स्थानमा रह्यो । खेलमा पहिलो सेट उज्वेकिस्तानले २५(२० ले आफ्नो पक्षमा पा¥यो । त्यसपछि नेपालले खेलको दोस्रो सेट २५(१६ ले जितेर खेलमा फर्किएयो ।
यसैगरी खेलको तेस्रो सेट  २५(१५ र चौथो सेट २५(१३ ले जित्यो । प्रतियोगिताको उपाधिका लागि आज भारत र काजकिस्तानबीच भिडन्त हुनेछ । उक्त खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ । राखेपको विशेष सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा जारी उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहेको छ ।
Ads

सम्बन्धित पोष्टहरू