Ads

आउँदो वर्ष गणतन्त्र दिवस नआवोस्! : रविन्द्र मिश्र


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले अर्को वर्षदेखि गणतन्त्र दिवस आउनु नहुने बताएका छन् । अब आउने पुस्ताका लागि संवैधानिक राजसंस्था आवश्यक रहेको भन्दै मिश्रले सामाजिक सञ्जाल मार्फत यस्तो बताएका हुन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहसँग एक बालिकाले लिँदै गरेको सेल्फीको भिडिओ सामाजिक सञ्जालमा राख्दै उपाध्यक्ष मिश्रले उक्त पुस्ताका लागि बस्न योग्य देश बनाउनका लागि राजसंस्था चाहिएको जिकिर गरेका छन् ।

उनले भनेका छन् – उनको पुस्ताका लागि बस्न योग्य देश छोडेर जाऊँ, जसका लागि कुशल संस्थाका रूपमा संवैधानिक राजसंस्था अत्यावश्यक छ । अन्यथा, आन्तरिक र भूराजनीतिक संकट आईपर्दा सबै पक्षले भर पर्न सक्ने विश्वासीलो संस्था कुनै हुने छैन ।

हेर्नुहोस् यस्तो छ मिश्रको स्टाटटस :

आउँदो वर्ष
गणतन्त्र दिवस नआवोस्!

संसदको भूमिका भाडमे जाओस्,
नियम-कानुन भाडमे जाओस्,
न्यायालय भाडमे जाओस्,
पदीय जिम्मेवारी भाडमे जाओस्,
प्रहरी, प्रशासन, अख्तियार, विद्यालय, विश्वविद्यालय,

समाज भाडमे जाओस्,
धर्म, संस्कृति, सभ्यता भाडमे जाओस्,
युवाहरूको भविष्य भाडमे जाओस्,
गरिवको जीवन भाडमे जाओस्, 
देशको अस्मिता भाडमे जाओस्,
मेरो र आफन्तको कल्याण होस्,
गणतन्त्र अमर रहोस्!
होइन त?

‘हो’ भन्नुहुन्छ भने त्यसको दुखद र दीर्घकालीन परिणाम हाम्रो पुस्ताले भन्दा पनि, यो भिडियोमा देखिएकी वालिकाको पुस्ताले भोग्नु पर्नेछ।

हामी त नेपालको इतिहासमै (असल नागरिकहरूलाई छोडेर) समग्रमा भन्नुपर्दा सबैभन्दा फटाह, सबैभन्दा भ्रष्ट, सबैभन्दा आडम्बरी, सबैभन्दा राष्ट्रघाती पुस्ता बनिसक्यौँ। कमसेकम यी बालिकाको पुस्तामाथि अपराध नगरौँ।

उनको पुस्ताका लागि बस्न योग्य देश छोडेर जाऊँ, जसका लागि ‘कुशल संस्था’का रूपमा संवैधानिक राजसंस्था अत्यावश्यक छ। अन्यथा, आन्तरिक र भूराजनीतिक संकट आईपर्दा सबै पक्षले भर पर्नसक्ने विश्वासिलो संस्था कुनै हुने छैन।

इतिहासका गल्तीहरूमा सबैले सबैलाई क्षमा दिऊँ। राजा, राजनीतिक दल र जनता एउटा ‘नवीन समझदारी’मा पुगौँ, अन्यथा यो देश र भावी पुस्तामाथि अक्षम्य अन्याय हुनेछ।

Ads

सम्बन्धित पोष्टहरू