Ads

एसिड पीडित कंसाकारद्वारा रास्वपा सांसदको पद तथा गोपनियताको सपथ


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि समानुपातिक सांसद बिन्दबासिनी कंसाकारले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । सोमबार सिंहदरबारस्थीत संसद सचिवालयमा सभामुख देवराज घिमिरेले सांसद कंसाकारलाई सपथ ग्रहण गराएका हुन् ।

सो क्रममा सभामुख घिमिरेले सांसद कंसाकारलाई संसदको लोगो प्रदान गरेका थिए । आफ्ना सांसदले सपथ ग्रहण गरेपछि रास्वपा सभापति रवि लामिछानेले एसिड आक्रमणबाट पीडित व्यक्तिलाई सांसद पदको रुपमा पाउदा निकै गर्वको महशुस भएको बताए ।

उनले कंसाकारलाई संसदमा प्रवेश गराउनु सम्पूर्ण एसिड आक्रमण पीडितको बिजयी भएको धारणा रखे । लामिछानेले रेशम चौधरीको रिहाई प्रक्रिया गलत भएको प्रतिक्रिया दिए । त्यस्तै सांसद बिन्दबासिनी कंसाकारले एसिड जलनको पीडाको मुद्धा लिएर सदनमा प्रवेश गर्ने बताइन् ।

यसअघि समानुपातिक सांसद रहेका ढाकाकुमार श्रेष्ठ मेडिकल कलेज व्यावसायी दुर्गा प्रसाईंसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि विवादमा परेका थिए । त्यसपछि रास्वपाले ढाकाकुमारलाई निष्कासन गरेर कंसाकारलाई सांसद बनाउने निर्णय गरेको थियो ।

Ads

सम्बन्धित पोष्टहरू