Ads

भिरबाट लडेर आमाछोराको मृत्यु


काठमाडौं । धादिङमा भिरबाट लडेर आमाछोराको मृत्यु भएको छ । जिल्लाको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर(२ मा भिरबाट लडेर स्थानीय १९ वर्षीया अप्सरा चेपाङ र उनका दुई वर्षीय छोरा साजनको मृत्यु भएको हो ।

प्रहरीका अनुसार सोमबार अपराह्न घाँस काट्न गएको बेला छोरा भिरबाट लडेपछि उनलाई उद्धार गर्न जाँदा आमा पनि खसेर दुवैको मृत्यु भएको थियो । यस घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अप्सरा ८ महिनाको गर्भवतीसमेत थिइन् । मृतकको शवलाई अहिले मलेखुस्थित स्थानीय अस्पतालमा राखिएको र पोस्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइने छ ।

Ads

सम्बन्धित पोष्टहरू